मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आक्रमणको त्रासपछि तालिबानले ओछ्यायो सडकमा काँडेतार

आइतबार, १३ भदौ २०७८, १८ : २४
आइतबार, १३ भदौ २०७८

आईएसआईएलले आक्रमण गर्नसक्ने संभावना उच्च रहेको भन्दै तालिवानले सतर्कता बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार तालिवानले मानिसहरुलाई काबुल विमानस्थल आउन रोक लगाएको छ । विमानस्थल आउने बाटोमा उसले फलामको काँडेतार ओछ्याएको छ ।

‘आईएसआईएलले आक्रमण गर्ने  खतरा निकै उच्च छ भनेर हामीलाई जानकारी दिइएको छ । यहाँ धेरै मानिसहरुलाई विमानस्थल जान दिइएको छैन,’ अलजजिराकी चार्लोट्टी बेलाईसले काबुलबाट जानकारी दिएकी छिन् ।

विशेषगरी विमानस्थलको दक्षिणी प्रवेशद्धारलाई लिएर तालिवान चिन्तित देखिएको छ । यो मुख्य प्रवेशद्वारको सुरक्षामा तालिवानी लडाकुहरु खटिएका छन् । उनीहरुले भीड नियन्त्रण गरिरहेका छन् ।

३१ अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फर्कदैछ । त्यसअघि नै आईएसआईएसले आक्रमण गर्नसक्ने भय छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आईएसआईसले आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गरेका थिए । सुरक्षा एजेन्सीमार्फत यस सम्भावित आक्रमणको योजनाबारे आफुलाई थाहा भएको उनले बताएका थिए । अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थल नआउन आग्रह गरिसकेको छ ।

यसअघि बिहीबार काबुल विमानस्थलमा आईएसआईएस–केले दुईवटा बम बिस्फोट गराएको थियो । उक्त विस्फोटमा १३ अमेरिकी सैनिकसहित १ सय ७० जना मारिएका थिए । विस्फोटमा मारिनेमध्ये २८ जना तालिवानी लडाकु पनि थिए । त्यसैगरी महिला र बालबालिका पनि यस विस्फोटमा परेका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप