रात्रिकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चाबी
दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।
‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं’ व्यवसायीहरुले भनेका छन् ।
उनीहरुले घरभाडा, व्यवसाय घर, बैंकको ऋण र कर्मचारीहरुको जिम्मा लिन पनि सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीपछि सरकारले सबै व्यवसाय र आवतजावत बन्द गर्ने गरी निषेधाज्ञा लगाए पनि संक्रमितको संख्या घट्दै गएपछि अरु क्षेत्र खुले पनि दोहोरी साँझ र रात्रीकालीन व्यवसाय खोल्न सरकारले अनुमति दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण