सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वाईसीएलको अध्यक्षमा सहमति जुटाउने प्रयास जारी

आइतबार, १३ भदौ २०७८, १७ : ३५
आइतबार, १३ भदौ २०७८

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला लम्बिने भएको छ । शनिबारबाट सुरु भएको भेला आइतबार सक्ने तयारी भएपनि एक दिन अरु लम्बिने भएको हो । आइतबार दोस्रो दिन बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा संगठनको विगतको समीक्षा, वर्तमानको अवस्था र भविष्यको कार्यदिशा एवं कार्ययोजनाबारे छलफल गरी ठोस कार्यदिशा तय गर्नेबारे संश्लेषण भइरहेको बताइएको छ । साथै, भेलामा संगठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि छलफल सकेर नयाँ नेतृत्व चयनबारे विषय प्रवेश भएको बुझिएको छ ।

देशभरका ६ सय ४७ प्रतिनिधिको सहभागितामा रहेको भेलामा वाईसीएलको अध्यक्षमा सहमति जुटाउने प्रयास जारी छ । वाईसीएलको अध्यक्षमा सुबोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र गणेशमान पुनले सहमति जुटाउने प्रयास गरिरहेका छन् । भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप