मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिएनआई र नाडाका प्रतिनिधिबीच भेटघाट

आइतबार, १३ भदौ २०७८, १७ : ०३
आइतबार, १३ भदौ २०७८

नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो । भेटका क्रममा नाडाका अध्यक्ष कृष्ण दुलालले परिसंघ र नाडाबीच सहकार्य हुनुपर्ने बताए । परिसंघको नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल लगायतको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष दुलालले यस्तो प्रस्ताव गरेका हुन् ।

दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, एकताबद्ध भएर अघि बढने र अन्य सम्भाव्य क्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताए । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एशोसिएशनहरु स्थापना भइसकेको र नेपालमा अटोमोबाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए । त्यसैगरी, उपाध्यक्ष करण चौधरीले नाडाका सदस्य संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको बताउँदै परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।

यस्तै,परिसंघका अध्यक्ष अग्रवालले नाडाका प्रतिनिधिलाई स्वागत गर्दै नाडासँग पहिलोपटक भेट भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइल नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।

उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउँदै उद्योग स्थापनाका लागि सरकारका तर्फबाट गरिनुपर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे । भेटका क्रमममा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै त्यसको खाका तयार भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप