चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना
के फाउण्डेसन ग्लोबलले चितवनको इच्छाकामना गाउँपालिका–६ तुन्तेषस्थित चेपाङ बस्तीमा रहेको श्री राष्ट्रिय आधारभूतमा पुस्तकालय स्थापना गरेको छ । गाउँमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेसन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना गर्दा शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताए । आर्थिक र सामाजिक रुपमा पिछडिएको चेपाङ समुदायलाई शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए । ‘हामीले विद्यालयमा पुस्तकालय मात्रै नभएर विद्यार्थीलाई पोशाक र खेल सामग्री पनि वितरण गरेका छौं । यसले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहित गराउँछ । के फाउण्डेशनको सहयोग गर्ने अवसर पाएको छ । हामी यहाँका बालबच्चाको सुन्दर भविष्यको कामना पनि गर्दछौं’ उनले भने ।
त्यस्तै स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको गाउँमा आफूहरुले नेतृत्वमा आधा दर्जन चिकित्सकले निःशुल्क औषधिसहितको स्वास्थ्यसेवा प्रदान गरको अध्यक्ष रिमालले बताए । ‘चरम गरिबीका कारण रोग भएकोले धेरैलाई उपचार गर्ने आर्थिक अभाव छ । यति मात्रै होइन राम्रो कपडा लगाउने र पेटभरी खाने अवस्था पनि छैन् । त्यसैले पनि हामीले गाउँका सबै नागरिकलाई लत्ताकपडा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर चेपाङ गाउँ आएका हौं’ रिमालले भने ।
‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौं’ उनले भने । फाउण्डेसनमा आवद्ध भएर समुदायमा स्वास्थ्य सेवा प्रदान गर्नु पाउँदा निकै खुशी लागेको डा. त्रिशला गुरुङले बताइन् ।
‘यहाँका नागरिकका स्वास्थ्य अवस्था निकै कहालीलाग्दो छ । औषधि उपचार नपाएर मानिसहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेछ । अधिकांशले ज्यानमा रोग पालेर बस्नुभएको छ । नेपालमा दुर्गम ठाउँको अवस्था अझै उस्तै छ । हामीले थोरै भएपनि यहाँका नागरिकको स्वास्थ्य जाँच गरेर औषधि प्रदान गरेका छौं’ उनले भनिन् । डा. गुरुङका अनुसार गाउँमा आधा दर्जन चिकित्सकहरुको टिमले आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको स्वास्थ्य जाँच र औषधि वितरण गरेको थियो ।
श्री राष्ट्रिय आधारभूत विद्यालय, तुन्तेषका प्रधानाध्यापक ज्योति गुरुङ र वडाध्यक्ष भुपेन्द्र चेपाङले आफ्नो विद्यालयमा पुस्तकालय स्थापना गर्ने र विद्यार्थीलाई पोशाक तथा खेल सामग्री सहयोग गर्नेहरूप्रति धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई