योगेशले गरेर भरतमणिको तारिफ

रियालिटी शो कमेडी च्याम्पियनमा शनिबार साँझ प्रतियोगी भरतमणि पौडेलले प्रस्तुत गरेको पूर्व युवराज पारस शाहको प्रस्तुतिलाई नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले समेत तारिफ गरेका छन् । प्रतियोगिता सकिने बितिकै उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।
‘आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ (पाथिभरा)को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन्’ उनले थपेका छन् ‘राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।’ उनले पोष्टको अन्त्यमा भरतमणि शुभकामना समेत दिएका छन् ।
शनिबारको प्रस्तुतिमा भरतमणिले पूर्वयुवराज पारस शाहको हुबहु नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका कारण उनी पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश गर्न सफल भएका छन् । यसअगाडि पनि भरतमणिलाई भोटको अपिल गर्दै आएका योगेशले भरतमणिका लागि ६ लाख रुपैयाँ राशिको पुरस्कार समेत घोषणा गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
बागमती प्रदेशसभाः सात दलको ११ घण्टा बसेको छलफल निष्कर्षविहीन
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री