शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

योगेशले गरेर भरतमणिको तारिफ

आइतबार, १३ भदौ २०७८, १६ : २७
आइतबार, १३ भदौ २०७८

रियालिटी शो कमेडी च्याम्पियनमा शनिबार साँझ प्रतियोगी भरतमणि पौडेलले प्रस्तुत गरेको पूर्व युवराज पारस शाहको प्रस्तुतिलाई नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले समेत तारिफ गरेका छन् । प्रतियोगिता सकिने बितिकै उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।

‘आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ (पाथिभरा)को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन्’ उनले थपेका छन् ‘राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।’ उनले पोष्टको अन्त्यमा भरतमणि शुभकामना समेत दिएका छन् ।

शनिबारको प्रस्तुतिमा भरतमणिले पूर्वयुवराज पारस शाहको हुबहु नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका कारण उनी पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश गर्न सफल भएका छन् ।   यसअगाडि पनि भरतमणिलाई भोटको अपिल गर्दै आएका योगेशले भरतमणिका लागि ६ लाख रुपैयाँ राशिको पुरस्कार समेत घोषणा गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप