शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा पहिरो, अधिकतम ४८ अंकले बजार घट्दा साढे १५ अर्बको कारोबार

आइतबार, १३ भदौ २०७८, १६ : १४
आइतबार, १३ भदौ २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम ४८ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३ हजार ४५.२० विन्दुमा झरेको हो । 

त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेको छ ।  तीब्र गिरावटमा रहेको बजारमा आज फाइनान्स बाहेकका सबै जसो उप समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।  यश दिन कुल २२७ कम्पनीका २ करोड ४८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख ५९ हजार पटक किनबेच हुदा कुल १५ अर्ब ६५ करोड १२ लाखको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप