९ करोड मूल्य बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।
उनलाई विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरेको थियो । उनी गामासँग कोकिन लिनका लागि आएको खुल्न आएको प्रहरीको भनाइ छ ।
यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई पनि भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । सो कोकिनको मूल्य ९ करोड मूल्य बराबरको रहेको र संलग्न व्यक्ति उपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । उनीहरु उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत