शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कलाकार शाहलाई लाइफटाइम, सुवेदीलाई पत्रकारिता पुरस्कार

आइतबार, १३ भदौ २०७८, १५ : ४७
आइतबार, १३ भदौ २०७८

दिग्गज कलाकार तथा नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् । ‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई शो सम्मान प्रदान गरिएको हो ।

चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा शाहलाई उक्त सम्मान संस्कृतिविद् तथा वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले प्रदान गरे । कार्यक्रममा चलचित्र पत्रकार बिष्णु प्रसाद सुवेदीलाई समेत पुरस्कृत भए । सुवेदीले ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’ पाए ।

कलाकार उत्तम केसी, रमेश बुढाथोकी, लय संग्रौला, सुरविर पण्डित, सरिता लामिछाने लगायत दर्जनौं कलाकार्मीको उपस्थिती रहेको कार्यक्रममा  निर्देशक सुदर्शन थापा, कलाकार रविन्द्र खड्का, पत्रकार प्रकाश सुवेदीले समेत सम्मान पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप