बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

आइतबार, १३ भदौ २०७८, १५ : ३०
आइतबार, १३ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विराेध खतिवडाले जानकारी दिए ।

‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’ खतिवडाले भने, ‘कति मन्त्री बनाउने, ककसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।’

त्यस्तै दलको बैठकले संसदीय दलको विधान निर्माण गर्न भवानी खापुङ, लक्ष्मी चौधरी, निरा जैरु, शेरबहादुर कुँवर र खगेन्द्रप्रसाद पुरी रहेको एक समिति गठन गरेको छ । बैठकले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलको नेतामा डा.बेदुराम भुषाल सर्वसम्मत चयन गरेको छ । त्यसैगरी दलको बैठकले कोभिड नियन्त्रण, बाढी पहिरो प्रभावितलाई राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप