शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा किशोर पक्राउ

आइतबार, १३ भदौ २०७८, १४ : २४
आइतबार, १३ भदौ २०७८

बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् । शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा लगेर ती किशोरले भदौ २ देखी १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप