१० लाख हुण्डीको रकम सहित पर्साबाट दुईजना पक्राउ
आइतबार, १३ भदौ २०७८, १४ : १३
अवैध हुण्डीको रकम सहित प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका–२ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् ।
हुण्डीको रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । प्रहरीले उनिहरुको साथबाट भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।
नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश