अफगानिस्तानमा छुट्यो अमेरिकाको ८ लाखभन्दा धेरै सैन्य सामाग्री, तालिबानले भटाभट कब्जामा लिँदै
प्राचिनकालदेखि नै अफगानिस्तान अस्थिर छ । यहाँ पहिले पर्सियन, त्यसपछि अलेक्जेन्डर, त्यसपछि मंगोल, मुगललगायत शासकहरुले हमला गरे । आधुनिककालमा १९ औं शताब्दीमा बेलायत, २० औं शताब्दीमा रुस र २१ औं शताब्दीमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरे । तर, लडाइँ जित्न सकेनन् ।
१९८९ मा रुसी सेना फर्कनासाथ मुजाहिद्दिन र केही समयपछि तालिबानी लडाकुहरु रुसी एके ४७ बोकेर टी–५५ ट्यांकमा सवार भएको देखिन्थ्यो । अहिले यी तालिबानी लडाकुहरु अमेरिकामै बनेको एम १६ राईफल बोकेर अमेरिकी फौजी गाडी हमभीमा बसेको देखिन्छ । फोब्र्सको आँकलनअनुसार अमेरिकाले अफगानिस्तान ८ लाख ८४ हजार ३ सय ११ वटा आधुनिक सैन्य उपकरण छाडेको छ । यसमा एम१६ राईफ, एम ४ कार्बाइन, ८२ एमएम मोर्टर लन्चरजस्ता आधुनिक हतियार तथा हमभीजस्ता सैन्य वाहन, ब्ल्याक हक हेलिकप्टर, ए२९ लडाकु विमान, नाइट भिजन, सञ्चार सामाग्रीलगायत उपकरण छन् ।
२००३ पछि अफगानी सेना र पुलिसका लागि यी अत्याधुनिक उपकरण खरिद गरिएको थियो । फोब्र्सले अमेरिकी रक्षा विभाग पेन्टागनको लजिस्टिक्स एजेन्सी (डिएलए) को डाटाबेस अध्ययन गरेर यो तथ्याङ सार्वजनिक गरेको हो ।
तालिबानविरुद्ध ‘वार अफ टेरर’ छेडेको अमेरिकाले अफगानी सेना र पुलिसलाई हतियार तथा तालिम उपलब्ध गराउन ८३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको थियो । अफगानिस्तानमा छुटेका सामाग्रीमा ५ लाख ९९ हजारभन्दा धेरै हतियार, ७६ हजारभन्दा धेरै सैन्य वाहन र २ सय ८ सैन्य विमान छन् ।
विशेषज्ञहरुका अनुसार अफगानी सेना र सरकारको आत्मसमर्पणपछि यीमध्ये धेरै हतियार तालिबानको हातमा पुगेको छ । एउटा बलियो फौज खडा गर्नका लागि यी हतियार पर्याप्त छन् ।
अमेरिकाले हटायो अडिट रिपोर्ट
जो बाइडेन प्रशासनले अफगानिस्तानका लागि खरिद गरिएका हतियार र सैन्य उपकरणहरुको अडिट रिपोर्ट लुकाउन थालेको छ । फोब्र्स डटकमका अनुसार यस विषयका दुई महत्वपूर्ण प्रतिवेदनलाई सरकारी वेवसाइटहरुबाट गायब गरिएको छ ।
तर, अमेरिकाको सरकारी खर्चबारे निगरानी गर्ने ‘वाच डग ओपन द बुक्स डटकम’ ले यी दुबै रिपोर्ट आफ्नो वेवसाइटमा पोस्ट गरेको छ ।
आधुनिक हतियार प्रयोगको तयारीमा जुट्यो तालिवान
गुप्तचरहरुका अनुसार अहिलेसम्म तालिबानले हमभीसहित २ हजारभन्दा धेरै बख्तरबन्द गाडीहरु, युएच–६० ब्ल्याक हक्स अट्याक हेलिकप्टरहरुसहित ४० भन्दा धेरै सैन्य विमान र स्क्यान ईगल ड्रोन्स कब्जामा लिइसकेको छ । यी उपकरणहरु प्रयोगमा ल्याउने तयारी पनि उसले थालिसकेको छ ।
तालिबानको कब्जामा ब्ल्याक हक्स देखेपछि सिनेटर तर्सिए
अमेरिकाका रिपब्लिकन सिनेटरहरुले अफगानिस्तानमा छोडिएका अमेरिकी हतियारहरुको हिसाब माग्न सुरु गरेका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलाई लेखिएको एक पत्रमा सिनेटरहरुले ब्ल्याक हक्स तालिबानको कब्जामा गएको देखेपछि आफुहरु त्रसित बनेको बताएका छन् । ‘अमेरिकी जनताको करबाट किनिएका आधुनिक हतियार र उपकरणहरु तालिबान र उसका आतंककारी सहयोगीहरुको हातमा पुगेको कुरा सोच्न पनि मुस्किल छ,’ सिनेटरहरुले भनेका छन्,‘अफगानिस्तानबाट फर्कने घोषणा गर्नुअघि अमेरिकी सम्पत्तिलाई बचाउनु रक्षा विभागको सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग