बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ

आइतबार, १३ भदौ २०७८, २२ : २५
आइतबार, १३ भदौ २०७८

काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । 

प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।   

पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप