ओलीकै कारण एमाले मृत अवस्थामा पुग्यो : माधव नेपाल
आइतबार, १३ भदौ २०७८, १२ : ००

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए । ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए ।
आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे । उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू