प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल
आइतबार, १३ भदौ २०७८, १३ : १३
![प्रदेश २ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल](https://rpcdn.ratopati.com/media/albums/mantri_5AjAklQds5.jpg)
प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिइएको छ । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए ।
जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।
नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी दिन बाँकी
-
कर्णालीको बजेट बहुमतले पारित
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
-
बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण
-
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री
-
उलटपुलट राजनीतिमा हाम्रो माग भएको छ : अध्यक्ष नेपाल