बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा
बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् ।
चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामीले त्यहाँ रहेका मानिसहरु अन्यत्र सारेका छौँ ।’

पहिरोले बुटवलको गोल पार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको थियो । यस्तै, त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।

प्रत्येक बर्षातको बेलामा यहाँका स्थानीयहरुमा पहिरो त्रास हुने गर्दछ । बस्ती माथिको पहाड सानो–सानो गरी खस्दा घरहरुमा प्रत्येक बर्ष क्षति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण