भक्तपुरका अध्यक्ष केसीले छाडे माधव नेपालको साथ

नेकपा एमाले समानान्तर कमिटीमा भक्तपुर जिल्ला अध्यक्ष रहेका रजन केसीले माधव नेपाललाई साथ नदिने भएका छन् । अध्यक्ष केपी शर्माओली र नेता नेपालबीचको अन्तरविरोधको समयमा बनाइएको समानान्तर कमिटीको अध्यक्षमा रजन केसी र सचिवमा श्यामसुन्दर बस्नेत रहेका थिए । नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि अध्यक्ष केसीले नेपाल पक्षलाई साथ नदिने निर्णय गरेका हुन् ।
सो कमिटीका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताए । रातोपाटीसँग कुरा गर्दै केसीले भने– ‘विभाजनको पक्षमा म छैन, अन्तरसंघर्षको तहसम्म हो ।’ १० बुँदे सहमति भइसकेको र हिजोभन्दा आज पार्टीभित्र अन्तरसंर्घष गर्न सहज भएकोले अहिले विभाजनमा जानेप्रति आफनो असहमति रहेको केसीको भनाई छ ।
यता (एकीकृत समाजवादी) पार्टीका नेता श्यामसुन्दर बस्नेतले सोमबार पार्टीको जिल्ला कमिटी बैठक बस्ने र त्यसपछि कमिटीले पूर्णता पाउने जानकारी दिए । उनले भने, ‘रजनजीले पार्टीमा नबस्ने निर्णय गर्नुभएको छ, भोलिनै अध्यक्षको टुंगो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक