आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमका कर्मचारीको आन्दोलन स्थगित

आइतबार, १३ भदौ २०७८, १२ : ३५
आइतबार, १३ भदौ २०७८

आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् ।  टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ४० दिनभन्दा बढी आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो ।

खासगरी, नवौं तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको मान्यता दिने प्रावधान घटाइएपछि कर्मचारी आन्दोलित बनेका थिए । उक्त प्रावधानलाई घटाएर व्यवस्थापनले ७ तहमा झारेको थियो । कर्मचारी र व्यवस्थापनबीच भएको सहमतिअनुसार ११ तहमा पाँच वर्ष र १० तहमा ८ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था कायम हुनेछ । यो व्यवस्था कायम गर्नका लागि ‘कर्मचारी विनियमावली, २०७८’ संशोधन गर्न दुई पक्षबीच सहमति भएको छ ।

त्यस्तै कम्पनीको कुनै कर्मचारी प्रबन्ध निर्देशक पदमा नियुक्त भए नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्थासमेत कायम गर्नेगरी संशोधनका लागि लोकसेवा आयोगमा लेखी पठाउने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप