सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जो लागुपदार्थ दुर्व्यसनीको आरोपमा पक्राउ परे

आइतबार, १३ भदौ २०७८, १२ : २७
आइतबार, १३ भदौ २०७८

पछिल्ला केही वर्षमा भारतीय चलचित्र उद्योगभित्रको विभिन्न नकारात्मक कुराहरु बाहिर आउन थालेको छ । जसमध्ये लागुपदार्थ दुर्व्यसनी सबैभन्दा चर्चित बनेको विषय हो । सेलिब्रेटीले लागुपदार्थ सेवन गर्ने गरेको खुल्दै आएको छ । उनीहरुलाई लागुपदार्थको दुर्व्यसनीको आरोपमा पक्राउ समेत गरिएको छ ।  यसैबीच, आइतबार लागुपदार्थको मामिलामा बलिउड अभिनेता अरमान कोहली पक्राउ परे । भारतीय प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोले उनको घरबाट लागुपदार्थ कोकिन बरामद गरेको छ । 

लागुपदार्थको मामिलामा पक्राउ पर्ने अभिनेता अरमान कोहली मात्र होइनन् । उनीभन्दा अगाडि भारती सिंह, उनका पति हर्ष लिंबाचिया, अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शोविक, एजाज खानसहित थुप्रै कलाकारहरु लागुपदार्थ दुर्व्यसनको आरोपमा पक्राउ परेका छन् । 

यसका साथै, भारतीय लागुपदार्थ नियन्त्रण ब्युरोले एक वर्षभित्रमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर जस्ता थुप्रै हस्तीहरुलाई पनि पक्राउ गरिसकेको छ ।

कमेडियन भारती र हर्ष 
भारतीय हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिंबाचियाको घरबाट गाजा बरामद भएको थियो । लागुपदार्थ नियन्त्रण ब्युरोले सोधपुछ गर्ने क्रममा उनीहरुले गाजा सेवन गर्ने गरेको स्वीकार गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परे । 

रिया चक्रवर्ती र शौविक चक्रवर्ती 
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि लागुपदार्थ नियन्त्रण ब्युरोले रिया चक्रवर्ती र उनका भाई शौविक चक्रवर्तीलाई पक्राउ गरेको थियो । यसको केही महिनासम्म रियाले भायखला जेलमा बिताइन् भने उनका भाई पक्राउ परेको ३ महिनापछि छुटे ।

एजाज खान 
लागुपदार्थ कारोबारी शादाब बटाटा पक्राउ परेपछि अभिनेता एजाज खानको नाम पनि मुछियो । उनी बटाटा ग्रुपको सदस्य भएको कारण प्रहरीले उनलाई पनि पक्राउ गर्यो ।

अर्जुन रामपाल
हालै लागुऔषध नियन्त्रण ब्युरोले अभिनेता अर्जुन रामपालको घरमा छापा मारेको छ । स्रोतका अनुसार अर्जुन रामपालका ड्राइभर जेल परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप