मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।
आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।
‘आज मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल भयो,’ बैठकमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘जनता समाजवादी पार्टीका शीर्ष नेता बाहिर रहेकाले भोलि (सोमबार) फेरि बसेर अन्तिम टुंगो लगाउने सहमति भएको छ ।’
एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी अनुसार नेताहरुबीच छलफल भएको हो । तर, जसपाका नेता उपेन्द्र यादवले बाहिरी जिल्लामा पार्टीको कार्यक्रम रहेकाले १३ गतेसम्म पर्खिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेकाले सरकार विस्तार १४ गतेसम्म लम्बिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो