पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो
पोखरा । पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो ।
बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा गाडेको स्ट्याण्ड बोर्डलाई ढालेर खोलामा खसेको स्थानीयले बताएका छन् ।
गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले गाडी चालक र महिलालाई उद्धार गरेर आफन्तको जिम्मामा पठाएको थियो ।
पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ । चाक्लो हाइवेको बीचमा साँघुरो पुल भएकाले बारम्बार यस्ता घटनाहरु भइरहने स्थानीयहरु बताउँछन् ।
उक्त स्थानमा दुर्घटना हुन नदिन पुल वरपर इन्डिकेटरका ट्राफिक डिभाइसहरु राख्नुपर्ने स्थानीयले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या