शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पहिरोका कारण रिडी–तम्घास, रुद्रवेणी र बुटवल –तानसेन सडक अवरुद्ध

आइतबार, १३ भदौ २०७८, १० : ०५
आइतबार, १३ भदौ २०७८

अविरल बर्षाका कारण आएको पहिरोले आइतबार विहानदेखि गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध भएको छ ।

रिडी–तम्घास सडक खण्डको खनियाँरुखामा पहिरो गई अवरुद्ध भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार रिडी– रुद्रेवेणी सडक पनि साँघुरोमा पहिरो गई अवरुद्ध भएको छ ।

त्यस्तै, पहिरोले गोठ पुरिँदा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा विभिन्न ठाउँमा पशु, चौपायाहरू पुरिएका छन् । पुरिएका चौपायाहरूको उद्धार गरिएको छ । 

त्यस्तै,  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –तानसेन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप