पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौं : महामन्त्री खड्का
काठमाडौं । नेपाली काँसका महामन्त्री पूर्णबहादुर खड्काले ताकिएकै मितिमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरेका छन् । काँग्रेसले आगामी मंसिर ९०–१३ मा महाधिवेशन गर्ने गरी भदौ १८ मा वडा अधिवेशन गर्दै छ ।
त्यसका लागि केन्द्रित हुन महामन्त्री खड्काले बताए । महामन्त्री खड्काले ट्वीट गर्दै महाधिवेशनका विषयमा कुनै अन्यौलता नरहेको बताए । उनले भदौ १८ गतेदेखि सुरु हुन लागेको वडा अधिवेशनलाई उत्सवका रुपमा देशभरि एकसाथ मनाउन अनुरोध गरे ।
‘अब कहि कतै भ्रम नरहोस्। अन्योल र अलमलमा नपरौँ । भाद्र १८ गते देखि वडा अधिवेशन प्रारम्भ हुन्छ। यो सँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौँ ।’
शनिबारबाट काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । काँग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुङ्ग्याए सँगै महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो ।
१८ भदौबाट वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति भएको छ । शनिबारसम्म ५३ जिल्लाको सदस्यता सार्वजनिक भइसकेको छ ।
सोमबारसम्म ७७ जिल्लाकै क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने काँग्रेसको तयारी छ । काँग्रेसले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत पनि खटाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण