पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु
आइतबार, १३ भदौ २०७८, ०८ : ४८
अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी
-
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबिच बाकुमा भेटवार्ता
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित
-
राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान
-
१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने निर्णय
-
गाउँ र सहरबिचको खाडल कसरी पुर्ने ?