शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच बराबरी

आइतबार, १३ भदौ २०७८, ०८ : ४३
आइतबार, १३ भदौ २०७८

इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छ । काई ह्याभट्र्जले चेल्सीलाई खेलको २२ औं मिनेटमै अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए । र, मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । 

दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपनि चेल्सीले केही राम्रा मुभ बनायो । रोमेलु लुकाकुले चेल्सीको अग्रता दोब्बर पार्ने राम्रो अवसर पाएका थिए । तर एन्डी रोबर्टसनले बल क्लियर गरे । 

प्रिमियर लिगमा तेस्रो खेलसम्म चेल्सी र लिभरपुल दुबै अपराजित छन् । उनीहरु दुबैले सुरुवाती दुई खेल जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप