शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रियलको सङ्घर्षपूर्ण जीत

आइतबार, १३ भदौ २०७८, ०६ : ४७
आइतबार, १३ भदौ २०७८

 

रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । करिम बेन्जेमाको क्रसलाई ड्यानी कार्भाहालले गोलमा परिणत गर्दै रियललाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । कार्भाहालले सन् २०१९ नोभेम्बर ३० पछि रियलका लागि पहिलो गोल गरेका हुन् ।

यसअघि बेन्जेमा र कार्भाहालले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । बेटिस भने नबिल फेकिरको फ्रिककबाट गोल नजिक पुगेको थियो । तीन खेलपछि रियल सात अंकसहित सेभिया, भ्यालेन्सिया र मायोर्कासँगै लिगको शीर्ष स्थानमा रहेको छ ।

रियलले यतिबेला पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । अर्को हप्ताको ट्रान्सफर डेडलाइन अघि फ्रान्सका २२ वर्षीय खेलाडीलाई क्लबमा भित्र्याउने रियलको लक्ष्य रहेको छ । तर, पीएसजीले रियलको अफर अपुग भएको भन्दै स्वीकार गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप