ह्याट्रिक गर्दै लेवान्डोस्कीले बनाए नयाँ कीर्तिमान

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले साबिक विजेता बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को शानदार जीत हासिल गर्न सफल भएको छ । योसँगै पोलिस स्ट्राइकरले बायर्नका ३ सय गोल पुरा गरेका छन् । लेवान्डोस्की बोरुसिया डर्टमण्डबाट सन् २०१४ मा बायर्नसँग अनुबन्ध भएका हुन् ।
यता, लेवान्डोस्कीले बायर्नका लागि लगातार १६ खेलमा गोल गर्दै गर्ड मुलरले सन् १९७० मा बनाएको कीर्तिमान पनि भङ्ग गरे । गत अगस्तमा १५ निधन भएका मुलरले १५ वर्ष बायर्नमा रहँदा ५९४ खेलमा ५४७ गोल गरेका थिए । त्यस्तै, ३३ वर्षीय लेवान्डोस्कीले बुन्डेस लिगामा लगातार १३ खेलमा गोल गर्न सफल भएका छन् ।
खेलमा अन्य गोल थोमस मुलर र जमाल मुस्लालाले गरे । मुलरले लिगमा लगातार १३ सिजन गोल गर्न सफल भएका छन् । जीतसँगै बार्यन गोलअन्तरको आधारमा लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनले एफसी अग्सबर्गलाई ४–१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?