१० खेलाडी सीमित चेल्सीसँग रोकियो लिभरपुल

१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो कार्ड पाए भने लिभरपुलले पेनाल्टी पायाो । जसलाई मोहमद शलाहले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा भने दुवै टोलीले गोल थप्न सकेनन् र खेल १–१ गोलकै अवस्थामा सकियो ।
शनिबार नै भएका अन्य खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले हरायो भने लेस्टर सिटीले नर्विचलाई २–१ गोलको पराजित गर्न सफल रह्यो । शीर्ष स्थानमा रहेको वेस्ट ह्याम भने क्रिस्टल प्यालेसँग २–२ को बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै