१० खेलाडी सीमित चेल्सीसँग रोकियो लिभरपुल

person explore access_timeभदौ १३, २०७८ chat_bubble_outline0

 


१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।



निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो कार्ड पाए भने लिभरपुलले पेनाल्टी पायाो । जसलाई मोहमद शलाहले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा भने दुवै टोलीले गोल थप्न सकेनन् र खेल १–१ गोलकै अवस्थामा सकियो ।



शनिबार नै भएका अन्य खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले हरायो भने लेस्टर सिटीले नर्विचलाई २–१ गोलको पराजित गर्न सफल रह्यो । शीर्ष स्थानमा रहेको वेस्ट ह्याम भने क्रिस्टल प्यालेसँग २–२ को बराबरीमा रोकियो ।  





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।