शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा

शनिबार, १२ भदौ २०७८, २० : ४३
शनिबार, १२ भदौ २०७८

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शुक्रबार रातिदेखि नै ह्युमपाइप राखेर सडक सञ्चालनको तयारी गरिएको भए पनि आज मात्रै सवारी साधन सञ्चालनमा ल्याउन सकिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

सडकमा सवारी साधनको चाप बढी भएको र पानी पर्न समेत नरोकिएकाले एकतर्फी नै भए पनि सवारी साधन सञ्चालन गरिएको खनालले बताए । यसअघि असारको १६ गतेसमेत सोही स्थानको डाइभर्सन बगाउँदा २८ घण्टासम्म सवारी साधन पूर्णरूपमा अवरुद्ध भएको थियो । विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडकको थुम्सी क्षेत्रमा पक्की पुल निर्माण गर्नका लागि सडकमा डाइभर्सन निर्माण गरेर सवारी साधन सञ्चालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप