शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री शाही डुबान प्रभावित क्षेत्रमा

शनिबार, १२ भदौ २०७८, २० : १३
शनिबार, १२ भदौ २०७८

लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले पश्चिम नवलपरासीको बाढी तथा डुबान क्षेत्रको अवलोकन  गरेका छन् ।  केही दिनदेखि निरन्तर परेको बाढीले जिल्लाको पाल्हीनन्दन, सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका विभिन्न बाढी तथा डुबान प्रभावित बनाएको थियो।

आज अवलोकन गदै मन्त्री शाहीले विपत्मा परेको उद्धार र राहतको लाग प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास  नहुँदा नदी, कुलानाला व्यवस्थापन गर्न र  नदीमा  तटबन्ध कार्य गरि उक्त क्षेत्रलाई डुबानबाट जोगाउन उचित बजेटको व्यवस्थापन गरिने मन्त्री शाहीले  प्रतिबद्धता जनाए ।

डुबानका कारण प्रत्येक वर्ष पश्चिम नवलपरासीमा हुँदै आएको डुबानका कारण सयौँ बिगाहा लगाउँदै आएका बालीनाली नोक्सानी हुँदै आएको छ  । प्रत्येक वर्ष जसो केही घरहरू डुबानमा पर्दै आएका छन् । मन्त्री शाही सोही जिल्लाबाट निर्वाचित सांसद समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप