शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

शनिबार, १२ भदौ २०७८, १९ : ४१
शनिबार, १२ भदौ २०७८

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उत्तरतर्फ जाँदै गरेको को २ त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को १४ प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप