बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पन्ध्र लाख युवाहरूलाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्न अर्थमन्त्रीको आग्रह

शनिबार, १२ भदौ २०७८, १९ : १२
शनिबार, १२ भदौ २०७८

अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरूलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिस्ट लीग नेपालले शनिवार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरूलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । उत्पादन अभियानमा युवाहरू दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उनले देशका १५ लाख युवाहरूलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए ।

यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरूका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गरे । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए । 

मन्त्री शर्माले युवा बहुल जनसङ्ख्या (आर्थिक रूपले सक्रिय जनसङ्ख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहनत गर्नुपर्ने धारणा राख्दै आएका छन् । त्यसपछि नेपाल ‘एजिङ्ग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आङ्कलन रहेको उनको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप