सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

शनिबार, १२ भदौ २०७८, १९ : ०३
शनिबार, १२ भदौ २०७८


‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । 

छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडामा उपलब्ध खेलाडीहरू तथा धरान महिला फुटबल क्लबका खेलाडीहरूलाई फुटबल उपलब्ध गराई तत्काल अभ्यास सञ्चालन गर्ने/गराउने निर्णय पनि गरेको छ । छलफल पश्चात् मेयर राईले महिला खेलाडीहरूलाई चार थान फुटबल हस्तान्तरण गरे ।

महिला खेलाडीहरूलाई  अनुशासन भएर, लगनशील भएर फुटबल अभ्यास गर्न मेयर राईले आग्रह गरे । महिला फुटबल टिमलाई उजागर गर्नका लागि धरान उपमहानगरपालिकाको साथ सहयोग रहने पनि मेयर राईले प्रतिबद्धता व्यक्त गरे । छलफलमा धरान महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेललाई विकास गर्नका स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप