शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

शनिबार, १२ भदौ २०७८, १८ : ५२
शनिबार, १२ भदौ २०७८

नेपाली काँग्रेसले थप ५ वटा जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नामावली प्रकाशित गरेको संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । 

शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको छ । नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको हो । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप