गण्डकीमा १० कोरोना संक्रमितको मृत्यु, थप ३०४ संक्रमित थपिए

person explore access_timeभदौ १२, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकै दिन १० जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ४, नवलपरासी पूर्वमा ५ र स्याङजामा १ सहित १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२७ का ८२ वर्षीय पुरुष, पोखरा–१७ का ९२ वर्षीय पुरुष, पोखरा–१० की ५२ वर्षीय महिला, पोखरा–१७ की ५८ वर्षीय महिला र स्याङजा पुतलीबजार –५ की ७० वर्षीय महिला रहेका छन् ।

त्यसैगरी नवलपरासी पूर्वको कावासोती –११ की ६२ वर्षीय महिला, कावासोती –३ की ५६ वर्षीय महिला, कावासोती –९ की ५३ वर्षीय महिला, कावासोती –१६ का ४८ वर्षीय पुरुष र कावासोती –९ का ८० वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २८४ जना पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५८ जनामा गरिएको नमूना परीक्षणमा ३०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३६ महिला र १६८ जना पुरुष रहेका छन् । 

प्रदेशका ७ वटा जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य केन्द्रका संयोजक शर्माले बताए । कास्की १८८,स्याङ्जा १६, म्याग्दी ६, लमजुङ १२, तनहुँमा २९ र नवलपरासी पूर्वमा ५३ जनामा संक्रमण देखिएको प्रमुख शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार ८७८ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७५ हजार ८९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।