शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा सडक दुर्घटना, रेडक्रसका कर्मचारीको मृत्यु

शनिबार, १२ भदौ २०७८, १६ : ३७
शनिबार, १२ भदौ २०७८

शनिबार दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा  रेडक्रस सोसाइटीका कर्मचारीको ज्यान गएको हो ।  दुर्घटनामा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ। 

सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल ल्याउने तयारी भएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप