सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : संक्रमित हुनेभन्दा निको हुने बढी

शनिबार, १२ भदौ २०७८, १६ : २६
शनिबार, १२ भदौ २०७८

 

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप