बाढीले रुपन्देहीमा दर्जनौं उद्योग डुबानमा, करोडौं क्षति भएको अनुमान
बिहीबार दिउँसो आएको अविरल वर्षाका कारण रुपन्देहीका दर्जनौं उद्योग डुबानमा परेका छन् । रुपन्देहीको सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित अन्य क्षेत्रमा रहेको उद्योग डुबानमा परेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जिल्लाका धेरैवटा उद्योग डुबानमा परेको जानकारी दिए । उनले सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित रुपन्देही–भैरहवा करिडोरका गरी दर्जनौ उद्योग डुबानमा परेको बताए ।
पञ्चकन्या स्टिल र प्लास्टिक उद्योग, एभरेष्ट रोलिङ, एभरेष्ट फूड एण्ड वेभरेज, लक्ष्मी स्टिल, नेश्नल रबर इन्डिस्ट्रिज, सिद्धि विनायक एग्रो श्री स्टिल लगायतका उद्योग डुबानमा परेका हुन् । जसमध्ये सबैभन्दा धेरै चक्लेट, दाल÷चामल, कागज उद्योगहरुमा क्षति भएको पाइएको छ । यसैगरी मनकामना कार्बोड उद्योगमा पनि धेरै क्षति भएको हुन सक्ने आङ्कलन गरिएको छ । तिलोतमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले धेरै उद्योग डुबानमा परेकाले अहिलेसम्म क्षतिको विवरण आइनसकेको बताए । उनले रातोपाटीसँग भने, ‘धेरै वटा उद्योगमा क्षती पुगेको छ । कुनै–कुनै उद्योगमा एउटैमा करोडौंको क्षति भएको आङ्कलन गरिएको छ । तर, अहिलेसम्म आधिकारिक विवरण आएको छैन ।’
उनले बिहीबार दिनभर परेको पानी निकास हुन नपाउँदा उद्योगहरुमा क्षति पुगेको बताए । खासगरी, त्यस वरिपरि बनेका अव्यवस्थित घरले पानी निकास हुन नदिएपछि डुबानमा परेको हुन सक्ने उनको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा