शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाईसीएलको राष्ट्रिय भेला : काँग्रेसलाई पाठ !

शनिबार, १२ भदौ २०७८, १४ : ५३
शनिबार, १२ भदौ २०७८

माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले शनिबारदेखि सुरु भएको भेला हाईटेक प्रविधिमार्फत गरेको छ । वाईसीएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेलामा हाइटेक प्रविधि अपनाएको हो ।  काठमाडौंमा केन्द्रीय नेताहरुको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडिएको कार्यक्रमको प्रशंशा भएको छ ।  कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना गन्तब्य दिँदै नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले वाईसीएलले अपनाएको प्रविधि काँग्रेसको लागि पनि पाठ भएको बताए । 

उनले भने, ‘हाम्रो पनि अधिवेशन हुने कि नहुने हुने कि नहुने भनेर तंग्रिरहेको अवस्था छ, म नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुँ । जुन माध्यमबाट तपाईँहरुले यो भेला सम्पन्न गर्न गइरहनुभएको छ । हामीलाई पनि तपाईँहरुले एउटा पाठ सिकाइरहनुभएको छ । आज हाम्रो सभापति र नेताहरुलाई कसरी व्यवस्थित गर्ने भनेर शिक्षा दिनुभएको छ, म धन्यवाद दिन चाहान्छु । ’

सोही कार्यक्रममा बोल्ने अन्य नेताहरुले पनि वाईसीएलले अपनाएको प्रविधिको प्रशंसा गरेका थिए ।  यसैबीच वाईसीएलले संगठनको वेबसाइट समेत सार्वजनिक गरेको छ । वेबसाइटबाट सदस्यता वितरण, नवीकरणलगायतका कामहरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप