अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवतजावत गरिरहेका छन् ।
हिजो दिनभर बाढी डाइभर्सन हुँदै बगेकोले काम हुन नसकेको प्रहरीले जनाएको छ । आज बिहादेखि दाउन्नेको एस मोड र खुर्सानी खोलाको पहिरो पन्छाइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बर्दघाटको लण्डन ब्रिजमा अवरुद्ध भएको बाटो खुलाएर भूमहीसम्म सवारी साधनको आवतजावत सहज बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
अब केहिछिनमै सुनवलको बडेरा र बनकट्टीको डाइभर्शन मर्मत गरिने प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । डिएसपी लामाका अनुसार तुरियाको पुल क्षति भएको र डाइभर्सन बगेकाले सुनवलदेखि भूमहीसम्म राजमार्ग अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने सवारी साधनहरु भैहरवा–भुमही बाइपास हुँदै सहजै यात्रा गरिरहेको डिएसपी लामाले बताए । आज साँझसम्म ती दुबै डाइभर्शनहरु मर्मत गरी बाटो खुल्नसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म