रोनाल्डो प्रभाव– युनाइटेडको सेयर मूल्य एकै दिन २९३ मिलियन डलर

पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आउने भएपछि म्यानचेस्टर युनाइटेडको सेयर मूल्यमा उछाल आएको छ । रोनाल्डो १२ वर्षपछि क्लब फर्किने भएसँगै युनाइटेडको सेयर मूल्य एकैदिन २९३ मिलियन अमेरिकी डलर (२१२ मिलियन पाउन्ड)ले बढेको छ ।
बेलायतको समाचार संस्था द मिररका अनुसार शुक्रबार एकै दिन युनाइटेडको सेयर मूल्य २९३ मिलियन डलरले बढ्यो । यो, रोनाल्डो युनाइटेड आउने घोषणा लगत्तै क्लबको सेयर मूल्यमा आएको ९.८ प्रतिशतको वृद्धि हो । सामाजिक सञ्जालमार्फत रोनाल्डो आउने घोषणा गर्नुअघि युनाइटेड सेयर मूल्य प्रतिकित्ता १७.३८ डलर थियो । युनाइटेडले ट्वीटरमार्फत ‘वेलकम होम’ भन्दै रोनाल्डो आउने सूचना दिएपछि यसको सेयर मूल्य प्रतिकित्ता १९.०९ डलर पुग्यो । र, यो अझै बढ्ने क्रम जारी छ ।
यसअघि रियल मड्रिड छाडेर इटालियन क्लब जुभेन्टियस जाँदा पनि क्बलको सेयर मूल्य यस्तै बढेको थियो । यस्तै, युरो २०२० को पत्रकार सम्मेलनमा कोकको बोतल हटाएपछि कम्पनीले ४ बिलियन डलर गुमाएको थियो । रोनाल्डोले बोतल हटाउनुअघि ५६.१ डलर रहेको कोकको सेयर मूल्य घटेर ५५.२ डलरमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो