माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।
गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।
बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र, ती टर्बाइन विदेशबाट आयात नै गर्नुपर्ने छ । विदेशबाट आयात गरेर नयाँ टर्बाइन राखेर विद्युत उत्पादन गर्न थप तीन महिनाको समय लाग्ने भएको हो ।
बाढीले आयोजनाको बाँधस्थल र ११ केभीको राष्ट्रिय प्रशारण लाइनको खम्बामा समेत क्षती पुर्याएको थियो । यतिबेला आयोजनाले बाँधस्थल बनाउने र बगाएको प्रशारण लाइनको खम्बा राख्ने काम गरिरहेको छ ।
असार १ गतेदेखि विद्युत उत्पादन हुँदा हालसम्म आयोजनालाई करिब ७५ करोड रुपैयाँ नोक्सान भइसकेको छ । थप तीन महिना विद्युत उत्पादन नहुँदा कम्पनीको नोक्सान बढेर एक अर्ब रुपैयाँसम्म पुग्ने आंकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या