गत वर्ष २० खर्ब बराबरको अन्तर बैंक कारोबार
शनिबार, १२ भदौ २०७८, १२ : १५

गत आर्थिक वर्ष २०७७/७८ मा करिब २० खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । गत वर्षमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूबीच १९ खर्ब ९६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको हो । जसमध्ये, वाणिज्य बैंकहरुको १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैँकबाहेक) हरुको २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती तथ्याँकले गत वर्षमा २० खर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको देखाएको हो । वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो कारोबार १५ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ थियो । यस्तै, अन्य वित्तीय संस्थाहरुको अन्तर बैंक कारोबार १ खर्ब २९ अर्ब ४० करोड गरी कुल १६ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो