बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२२९ बैंक तथा वित्तीय संस्था मर्जरमा

शनिबार, १२ भदौ २०७८, ११ : ५८
शनिबार, १२ भदौ २०७८

नेपाल राष्ट्र बैंकले २०७८ सालको असार मसान्तसम्ममा २२९ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले गाभ्ने/गाभिने नीति ल्याएपछि उक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका हुन् ।

यसैगरी, २०७८ सालको असार मसान्तसम्ममा देशका कुल ७५३ वटा स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन् । ती स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा खुलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

हालसम्म जाजरकोटको जुनीचाँदी गाउँपालिका, धादिङको रुबीभ्याली र बझाङको साईपालमा वाणिज्य बैंकको शाखा कार्यालय खुल्न सकेका छैनन् । भौगोलिक विकटता, सडकको पहुँच नपुग्नु तथा सुरक्षा चुनौतीका कारण ती स्थानीय निकायमा शाखा नखुलेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप