फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली
फिल्म निर्देशक ऋषिराज आचार्यले केन्द्रीय कारागार सुन्धारामा रहेका ३६० महिला कैदी बन्दीलाई तीजको कोसेली स्वरूप विभिन्न सामाग्री राहतको रुपमा वितरण गरेका छन् । जेलमा रहेका महिलाहरुलाई पनि तीज आउँछ । उनीहरुका लागि तीजका सामान आवश्यकता पर्छ भन्ने सोचका साथ उनले राहत बितरण गरेका हुन् । समाजसेवी इन्दिरा राना मगरको संयोजकत्वमा उनले जेलमै पुगेर ३६० महिलालाई चुरा, काँटा, टीकालगायतका तीजका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेका हुन् । आफ्नो कारण उनीहरुले थोरै भएपनि खुशी महसुस गर्न सकुन् भनेर सामान लिएर जेल पुगेको निर्देशक आचार्यले बताए ।
‘जेलमा रहेका कैदी बन्दीका कोही आफन्त भेट्न आउँछन् होला कोहीका आउँदैनन्’ आचार्यले भने, ‘उनीहरुलाई आफन्त साथीभाई चाडपर्व आउँदा त झनै महत्व हुन्छ ।’ कोरोनाका कारण लकडाउन र निषेधाज्ञाको समय समेत विभिन्न खाद्यान्न वितरण गरेका आचार्य समाजसेवाका विषयमा मिडियामा नआओस् भन्नेर चुपचुप समाजसेवा गर्दै आएका छन् ।
आचार्यको निर्देशन रहेको पछिल्लो चलचित्र ‘चुरीफुरी’ अहिले पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्म हल खेल्ने बित्तिकै चलचित्र प्रदर्शनमा ल्याउने उनको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता