अमेरिकी सेनाद्वारा ड्रोन आक्रमण, काबुल एयरपोर्ट आक्रमणका योजनाकार निशानामा
शनिबार, १२ भदौ २०७८, १० : ५१

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।
हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ । अमेरिकी सैनिकले अफगानिस्तानको नांगाहार प्रान्तमा ड्रोन आक्रमण जारी राखेको छ । सो आक्रमणमा काबुल एयरपोर्टमा बम विष्फोट गराउन भूमिका खेल्ने योजनाकार मारिएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प