जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल गायत थिए ।
पौडेल पक्षका नेताहरु शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे देउवालाई भेटेका थिए । जिल्ला सभापतिका माग र १८ भदौमा हुने वडा अधिवेशनबारे उनीहरुले छलफल गरेका थिए ।
देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए ।
आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने काँग्रेसको तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशन लगायतका विषयमा विवाद सकिएको छैन । काँग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको छ भने २९ जिल्लाको बाँकी छ ।
शुक्रबार साँझ सभापति देउवालाई भेटेका पौडेल पक्षका नेताहरुको शनिबार बिहान पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।
जिल्ला सभापतिको माग सम्बोधनका लागि क्रियाशील सदस्यता विवाद निरुपणमा खटिएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक आज सानेपा जाने तयारी भइरहेको छ ।
सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउने उनीहरुको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री